Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बुटिक एयरपोर्ट बनाउने नाममा १ करोड २६ लाख खर्च भएको थुन्से र पराल कहाँ पुगे ?

    बुटिक एयरपोर्ट बनाउने नाममा १ करोड २६ लाख खर्च भएको थुन्से र पराल कहाँ पुगे ?

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल नागरिय उड्डयन प्रधिकरणको संचालक समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ बनाउनका लागि भन्दै आफूखुसी बजेट विनियोजन गर्दा झण्डै ५० प्रतिशत रकम बेरुजु देखिएको छ । २०७५ साल फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले बुटिक बिमानस्थल बनाउनका लागि भन्दै कुल ७ करोड ३५ लाख रुपैयाँ बजेटसहितको कार्यविधि तयार पारेको थियो । संस्कृती पर्यटन तथा नागरिय उड्डयन मन्त्रालयको जिम्मेवारी स्वयम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका बेला बजेटसहितको कार्यविधि तयार भएको थियो ।

    मन्त्रीपरिषदबाट बजेट आएपछि प्रधिकरणले जब वुटिक विमानस्थल बनाउनका लागि कार्य अगाडि बढायो त्यहि बेलाबाट शुरु भयो जालझेल । मन्त्रीपरिषद्ले गरेको उक्त निर्णय उल्ट्याउँदै प्रधिकरणको सञ्चालक समितिको मिति २०७६ बैशाख २१ गते बसेको ३५९औं बैठकले बुटिक विमानस्थल बनाउनका लागि भन्दै २७ करोड ५५ लाख बजेट विनियोजन गर्ने निर्णय गर्यो । जबकी मन्त्रीपरिषद् निर्णय गरेको बजेट भन्दा उक्त रकम २० करोडले बढि हो ।



    यसरी प्राधिकरणले आफूखुसी बजेट विनियोजन गरेर काम गर्दा न त एयरपोर्टमा सोचेजस्तो काम हुन सकेको छ न त गरेको काम पनि गुणस्तरको नै देखिन्छ । महालेखा परीक्षकको कार्यालयले समेत बुटिक एयरपोर्टका लागि भएका खर्च अपारदर्शी भएको भन्दै छानबिनको आवश्यकता औंल्याएको छ । बुटिक एयरपोर्टका लागि भएका गरिएको तामाझम अहिले त्यतिकै सेलाएर गएको छ ।



    सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै बुटिक विमानस्थल बनाउने निर्णय गरेको थियो । उक्त कार्यक्रममा विमानस्थलको रंगरोगनदेखि पुराना संरचनालाई शैली परम्परागत रुपमा सुविधा थपेर अत्याधुनिक बनाउने थियो । तर, २७ करोड रुपैयाँ खर्च गरेर बुटिक विमानस्थल बनाएको भनिए पनि अहिले ती सबै संरचना पुनः परिवर्तन गर्न थालिएको छ । विमानस्थलभित्रका भित्ताहरुमा बुटिक बनाउने भन्दै थुन्सेमा पराल, थान्का, मुकुट, गाग्री, मादललगायतका सामाग्रिहरु राखेर प्रदर्शनी हल जस्तो बनाइएको थियो । यसका लागि मात्रै १ करोड २६ लाख रकम खर्च गरिएको विमानस्थलले त्यतिबेला जानकारी गराएको थियो । तर, अहिले ती कुनै पनि सामान एयरपोर्टमा देखिदैनन् ।

    प्राधिकरणको ३५९औं बैठकले अन्तर्राष्ट्रिय टर्मिनलल भवनको बाहिरी इटाको पर्खालमा सिलिकन पेन्टिङ गर्ने तथा अन्य रङरोगनको कार्यका लागि १ करोड ८० लाख, विमानस्थल वरपरको बाँकी खाली क्षेत्रफलमा बगैंचा निर्माण तथा सौन्दर्यकरण कार्य गर्न ७५ लाख, अन्तर्राष्ट्रिय टर्मिनल भवनको इन्टेरियर डेकोरेसन र आर्किटेक्चरल एरेन्जमेन्टको लागि आवश्यक पर्ने सेवा प्राप्त गर्न, परामर्श तथा २ महिनाको विशेषज्ञ सेवा लिन १० लाख र अन्तर्राष्ट्रिय टर्मिनल भगनको वायरिङको तार तथा सुरक्षा उपकरणको तार व्यवस्थापन एवम् कलात्मक काठको केवल कन्डक्ट मार्फत पुरानो प्लाष्टिकको वायरिङ कन्डक्ट फेर्नक लागि भन्दै ३० लाख गरी जम्मा २ करोड ९५ लाख रकमान्तर गर्ने निर्णय गरेको थियो । त्यसैगरी अन्य विभिन्न शिर्षकमा गरी २७ करोड ५५ लाख रकमान्तर गर्ने निर्णय गरेको थियो । यसरी मन्त्रीपरिषद्को निर्णय विपरित रकमान्तर गरी काम गर्ने निर्णय भएपनि तीन वर्षसम्म बुटिक एयरपोर्ट भने बन्न सकेको छैन ।

    विमानस्थल कार्यालयले बुटिक विमानस्थल बनाउन भन्दै विमानस्थलको गेटबाट प्रवेश गर्ने वित्तिकै मुख्य चोकमा वाटर फाउन्टेन बनाएको थियो । उक्त वाटर फाउन्टेन बनाउन मात्रै १५ करोड रुपैयाँ खर्च भएको बिल कार्यालयले प्राधिकरणमा बुझाएको थियो । तर, प्राधिकरणले न त बिल मिलान गर्न सक्यो न त वाटर फाउन्टेन नै बनेको छ । विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीले उक्त रकम पचाउन वाटर फाउन्टेनको स्वरुप नै परिवर्तन गराइसकेका छन् ।

    प्राधिकरणको बैठकले अन्तर्राष्ट्रिय टर्मिनलल भवनको बाहिरी इटाको पर्खालमा सिलिकन पेन्टिङ गर्ने तथा अन्य रङरोगनको कार्यका लागि १ करोड ८० लाख रकमान्तर गर्ने निर्णय गरेपनि विमानस्थलले भने उक्त कामका लागि कुल १५ करोड रुपैयाँ खर्च भएको जनाएको छ । जसमा आन्तरिक टर्मिनल भवनको रंगरोगनमा ७ करोड रुपैयाँ खर्च गरेको थियो । त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनल भवनको रंगरोगनमा ८ करोड रुपैयाँ खर्च भएको विवरण फेला परेको छ । जुन पनि बेरुजु देखिएको छ ।

    महालेखाको प्रतिवेदनमा भनिएको–‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न रु ७ करोड ३५ लाखको बजेट सहितको कार्यविधि नेपाल सरकार मन्त्रीपरिषद्को २०७५/११/२८ को बैठकबाट निर्णय भए तापनि प्राधिकरणले बुटिक एयरपोर्ट शीर्षकबाट थप खर्चहरु समेत गरेको देखियो । हालसम्म बुटिक एयरपोर्टसँग सम्बन्धित खर्चको एकीकृत विवरण तयार नगरेको तथा ती सामान भौतिक रुपमा समेत पहिचान गर्न सकिने अवस्था नरहेबाट बुटिक एयरपोर्टका लागि भएका खर्च पारदर्शी देखिएनन् ।’

    त्यसैगरी, त्रिभुवन विमानस्थल कार्यालयमा आवश्यक नभएका उपकरण किन्दै–थन्क्याउँदै गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार विमानस्थल कार्यालयले २०७२ सालमा ५ करोड ९ लाख रुपैयाँ बराबरको कंक्रिट कटर खरीद गरेको थियो । यो उपकरण अहिलेसम्म पनि प्रयोगमा नआई थन्किएको पाइएको छ । यसबाट ठूलो रकम खेर जाने देखिएको छ । धावनमार्गको छेउँमा उम्रने घाँस काट्न १ करोड ४० लाख रुपैयाँ खर्च गरेर किनिएको ग्रास कटर मेसिन समेत उपयोगमा नल्याई थन्किएको छ ।

    यस वर्ष त्रिभुवन विमानस्थल कार्यालयमा जडान भएको १ करोड ८९ लाखको ‘पेरिफेरी लाइटिङ’ धावनमार्गको नजिकै रहेको र यसले जहाज अवतरण गराउने बेला चालकलाई समस्या हुने गरेको गुनासो आएको छ । सोहीकारण यो लाइटको उपयोग अब हुने छैन । जडान भइसकेको लाइट हटाउँदा सोमा खर्च भएको करीव २ करोड रुपैयाँ समेत खेर गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार