Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नारायणहिटीमा श्रीपेचमाथि खुकुरी प्रहार गर्ने युवकले भने– म राजा हुन आएको हूँ

    नारायणहिटीमा श्रीपेचमाथि खुकुरी प्रहार गर्ने युवकले भने– म राजा हुन आएको हूँ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 3.5K
    SHARES

    काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज चोर्न खोज्ने एक जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

    शुक्रबार बिहान संङ्ग्रहालय अवलोकन गर्न आएका खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए।



    उनले सँगै राखिएको खुकरी निकालेर श्रीपेच राखिएको शीशाको बाकसमा प्रहार गरेको निर्देशक दाहालले बताए।



    यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । पक्राउ परेका घर्तीले आफू राजा हुन आएको भन्दै श्रीपेच निकाल्न खोजेको बताएका छन् । यसबारे थप अनुसन्धान भइरहेको सेनाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार