Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने कार्य रोक्न मन्त्री आलेको निर्देशन

    नारायणहिटी दरबारभित्र रेस्टुरेण्ट बनाउने कार्य रोक्न मन्त्री आलेको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन्।

    पछिल्लो समय दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै चौतर्फी विरोध भएपछि मन्त्री आलेको निर्देशनमा मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय सञ्चालन विकास समितिले उक्त कार्य रोक्न निर्देशन दिएको हो ।



    मंगलबार समितिले उक्त निर्माण कम्पनी बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र लेख्दै भनेको छ, ‘यस दरबार संग्रहालय सञ्चालन समिति र त्यस प्रा.लिबिच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ।’



    हेर्नुहोस् पत्र:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार