Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कांग्रेस महाधिवेशन: थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

    कांग्रेस महाधिवेशन: थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उनले बताए । करिब नौ लाख रहेका क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।



    पार्टीले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिबारदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ गरिएकोे केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।



    क्रियाशील सदस्यताको बाँकी विवाद चाडै टुङ्ग्याएर दशैअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकानुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन गरिने कांग्रेसको योजना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार