Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कांग्रेस महाधिवेशन : १३४ पदमा ५४८ उम्मेदवार, सभापति र महामन्त्रीमा ६/६ जना (सूची सहित)

    कांग्रेस महाधिवेशन : १३४ पदमा ५४८ उम्मेदवार, सभापति र महामन्त्रीमा ६/६ जना (सूची सहित)

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति र महामन्त्री पदमा ६/६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपसभापतिमा भने ७ जनाको उम्मेदवारी परेको छ सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ ।

    केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । कूल १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।



    सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ । उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, दिवेश्वरी शाह, र विजयकुमार गच्छदार छन् ।



    त्यसैगरी महामन्त्रीमा विश्प्रकाश शर्मा, डा. मिनन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, राजाराम कार्की र प्रदिप पौडेलको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा भने २० जनाको उम्मेदवारी परेको छ ।

    सदस्यहरुमध्ये थारुमा १४ जना, मधेशीमा ३२ जना, आदिवासी जनजातीमा ८७ जना, खसआर्यमा ९३ जना, दलितमा ३९ जना, महिलामा ३१ जना, पिछडिएको क्षेत्रमा २ जना, अपांगमा १६ जना, अल्पसंख्यकमा ६ जना, मुस्लिममा १६ जना, प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५ जना, बागमतीमा ९ जना, गण्डकीमा ७ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ७ जना, सूदुरपश्चिममा १२ जना र खुल्लामा १०९ जनाको उम्मेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार