Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विद्यार्थी संगठनलाई लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाउन नारायणकाजीको निर्देशन

    विद्यार्थी संगठनलाई लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाउन नारायणकाजीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी संगठनलाई लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाउन निर्देशन दिएका छन्।

    अखिल(क्रान्तिकारी)को बागमती प्रदेशस्तरीय भेलालाई सोमबार भक्तपुरमा सम्बोधन गर्दै श्रेष्ठले नेता श्रेष्ठले राष्ट्रियताको मुद्दा उठाउनु विद्यार्थी संगठनको कर्तव्य भएको समेत बताए ।



    शैक्षिक र राजनीतिका अलवा राष्ट्रियताको मुद्दा पनि विद्यार्थी संगठनको महत्वपूर्ण मुद्दा भएको श्रेष्ठको तर्क थियो ।



    पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता  श्रेष्ठले लिपुलेक लिम्पियाधुरा र कालापानीको समस्या उठाउनु विद्यार्थी संगठनहरूको कर्तव्य मात्र नभइ दायित्व रहेको पनि जिकिर गरे ।

    नेता श्रेष्ठले केपी ओलीको भ्रष्टीकरणले एमालेसँग सम्बन्ध विच्छेद गर्नुपरेको पनि उल्लेख गरे  ।

    कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्यसहित केन्द्रीय नेताहरू नारायण दाहाल र दिलीप प्रजापतिले प्रशिक्षण दिएका थिए । बैठकमा अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङलगायतले सम्बोधन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार