Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मेसीको पहिलो गोलमा म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पहिलो ऐतिहासिक जित, शीर्षस्थानमा उक्लियो

    मेसीको पहिलो गोलमा म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पहिलो ऐतिहासिक जित, शीर्षस्थानमा उक्लियो

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 1.8K
    SHARES

    एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि पहिलो गोल गरेका छन्। युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा मेसीले गोल गर्दा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ।

    पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीका लागि अर्को खेल इड्रिसा गाना गुआईले गरेका थिए। खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईको गोलबाट घरेलु टोली पिएसजीले अग्रता लिएको थियो। उनले अचरफ हाकिमी हुदै एमबाप्पेले मिलाइदिएको लो क्रसमा गोल गरे। उक्त बललाई नेयमारले पोष्टको दिशा दिन असफल भएका थिए।



    २६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा बर्नाडो सिल्भा चुक्दा सिटी पनि बराबरीबाट चुक्यो। ३८औं मिनेटमा मेन्डेसको पासमा एमबाप्पेको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाउँदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो। लगत्तै कर्नरबाट आएको पासमा मार्किन्हसले सदुपयोग गर्न सकेनन्।



    ४३औं मिनेटमा केभिन डि ब्रुएनको कर्नरमा रुवेन डियासको हेडर सदुपयोग हुन सकेन। ५४औं मिनेटमा रियाद महारेजको पासमा केभिन डि ब्रुयनले गोल गर्न सकेनन्। ६४औं मिनेटमा नेयमारले सुवर्ण अवसर खेर फाले। ६६औं मिनेटमा रियाद महारेजको प्रयासलाई पीएसजीका गोलरक्षक जियानलुइजी डोन्नररुम्माले विफल पारे।

    ७४औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। उनले केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए। मेस्सीले नयाँ सिजनमा पीएसजीका लागि चार खेल खेल्दा गोलको खडेरी तोड्न सफल भएका हुन्।

    यससँगै पिएसजीले सिटीविरुद्धको हारको श्रृंखला तोड्न सफल भएको छ। पीएसजीले सिटीसँग चार खेल खेल्दा ३ हार र एक बराबरीको नतिजा निकालेको थियो।

    यही समूह ‘ए’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिग घरेलु मैदानमा बेल्जियन टोली क्लब ब्रुगसँग २–१ ले पराजित भएको छ। यो नतिजापछि पीएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ। पराजित सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै लाइप्जिग अंकविहीन हुदै पुछारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार