Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शैक्षिक प्रमाणपत्र कीर्ते गरेर डिभी भिषामा अमेरिका उड्न खोज्ने ३ जना पक्राउ

    शैक्षिक प्रमाणपत्र कीर्ते गरेर डिभी भिषामा अमेरिका उड्न खोज्ने ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 2K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले डीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिका उड्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चितवनका जीवन कार्की र नविन दराई साथै रौतहटका शिव रोक्का रहेका छन् ।
    महाशाखाका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार नेपालस्थित अमेरिकन दुतावासमा U.S. Diversity Visa (EDV) २०२१ को नतिजामा नाम निकालेका उनीहरुले Visa प्रक्रियाका लागि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए।
    पक्राउ परेकामध्ये जिबन कार्कीले नबिन दराईसंग एक लाख सत्तरी हजार लिएर १०+२ को शैक्षिक प्रमाण पत्र बनाई दिएको अनुसन्धानका क्रममा खुलेको एसपी कोइरालाले बताए।
    पक्राउ परेकाहरुलाई लिखत सम्बन्धि कसुर मुद्धामा आवश्यक थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको  एसपी कोइरालाले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार