Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालले गरेको पुनर्निर्माण प्रयासमा भारतको हातेमालो, परियोजनाहरुको संयुक्त समीक्षा

    नेपालले गरेको पुनर्निर्माण प्रयासमा भारतको हातेमालो, परियोजनाहरुको संयुक्त समीक्षा

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । छिमेकी देश भारतले भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको संयुक्त समिक्षा गरेको छ।

    बिहीबार पुनर्निर्माण परियोजनासम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठकमा भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तवको अध्यक्षतामा परियोजनाहरुको समिक्षा गरिएको थियो । कार्यक्रममा  नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा सोही परियोजनाका सुशीलचन्द्र तिवारीको पनि उपस्थिति रहेको थियो।



    सन् २०१७ अगस्टमा स्थापना भएको जेपीएमसी संयन्त्रको यस बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो ।



    आजको बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गरेको थियो ।

    त्यस्तै, आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० निजी घरको पुनर्निर्माण भएकोमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए।

    यसैगरी दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना समेत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार