Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल, लोकसभा सदस्य चौधरीलाई निलम्बनको प्रस्ताव

    मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल, लोकसभा सदस्य चौधरीलाई निलम्बनको प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो । सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन् ।

    विपक्षी गठबन्धनले मणिपुरमा भएको दुःखद घटनालाई लिएर मोदी सरकारमाथि अविश्वासको प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री मोदीले उक्त प्रस्तावको छलफलमा विपक्षी गठबन्धनमाथि कडा प्रहार गरेका छन् । उनले भनेका छन्–‘मलाई आशा छ, सन् २०२८ मा अविश्वास प्रस्ताव ल्याउँदा विपक्षी गठबन्धनले अलि बढी तयारी गर्नेछ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार