Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली भूमिमा पूजापाठ गर्दै भारतीय प्रधानमन्त्री मोदी, प्रशासनलाई छैन जानकारी

    नेपाली भूमिमा पूजापाठ गर्दै भारतीय प्रधानमन्त्री मोदी, प्रशासनलाई छैन जानकारी

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 657
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमी कालापानी क्षेत्रको भ्रमणमा आएका छन् ।

    नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै प्रधानमन्त्री मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ ।



    साथै भारतको पिथौरागढका साथै गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपालसँगको सीमा क्षेत्रमा पर्दछ । भारतीय पक्षले नेपाललाई यसको जानकारी भने नगराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।



    मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायत पनि कालापानी क्षेत्रको भ्रमणमा छन् । मोदीले सामाजिक सन्जाल एक्समा पिथौरागढमा परियोजनाहरुको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग सम्वाद गर्ने उल्लेख गरेका छन् ।

    मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् । उनले मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार