Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव पेस

    भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव पेस

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 603
    SHARES

    काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय केन्द्रीय सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।

    भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार भारतीय राष्ट्रिय कांग्रेसका लोकसभा उपाध्यक्ष तथा पूर्वोत्तर नेता गौरव गोगोईले बुधबार मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।



    इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्सले मंगलबार मणिपुरको अवस्थालाई लिएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव अघि सार्ने जनाएको थियो ।



    मणिपुरमा एउटा भिडले दुई आदिवासी महिलालाई खेतमा निर्वस्त्र दौडाइरहेको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सो घटनापछि प्रधानमन्त्री मोदीले दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर यही विषयमा मोदी संसदमा भने बोल्न चाहिरहेका छैनन् ।

    मणिपुरमा भड्किएको हिंसाका विषयमा संसद्मा अधिकतम चर्चा गर्न अविश्वासको प्रस्ताव सहायकसिद्ध हुने विपक्षी दलको विश्वासको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार