Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यूएईको पहिलो हिन्दू मन्दिरको उद्घाटन भारतका प्रधानमन्त्रीबाट

    यूएईको पहिलो हिन्दू मन्दिरको उद्घाटन भारतका प्रधानमन्त्रीबाट

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 486
    SHARES

    काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा नवनिर्मित हिन्दूहरुको पहिलो मन्दिर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उद्घाटन गरेका छन् ।

    बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले यो मन्दिरको निर्माण गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो ।



    करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर बनाइएको बीबीसीले जनाएको छ । मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ ।



    मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।

    बीएपीएसले यो मन्दिर सद्भावको प्रतीक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको जनाएको छ ।

    मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् । साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार