Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका ६ जना प्रहरीको मृत्यु

    भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका ६ जना प्रहरीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका ६ प्रहरीको मृत्यु भएको छ ।

    राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको हो।



    दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।



    अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ । सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए।

    दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको थियो । ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको थियो।

    दुर्घटनामा परी नागौर जिल्लाको खिन्वसर थानाका प्रहरी जवान रामचन्द्र, कुम्भराम, थानाराम, लक्ष्मण सिंह र सुरेशको घटनास्थलमा मृत्यु भएको थियो ।

    डीजीपी मिश्राका अनुसार दुई घाइतेलाई ग्रीन कोरिडोरबाट जोधपुर एमडीएम अस्पताल लगिएको थियो । त्यसक्रममा बाटोमा एक जवानको मृत्यु भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार