Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

    नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 501
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन्।

    प्रधानमन्त्री मोदी कैलाश पर्वतको दर्शन र पूजापाठका लागि नेपालको चुच्चे नक्साभित्र समेटिएको स्थान कालापानी क्षेत्रमा आउन लागेका हुन्।



    मोदी बिहीबार बिहान ८:३० बजे कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुग्नेछन्। त्यहाँबाट उनले कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ।



    बिहान ९:३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन्। गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन्। मोदीसँग छलफलका लागि ति गाउँबाट पहिले नै प्रतिनिधिहरु छनोट गरिएको छ।

    कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मध्याह्न १२:०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार