Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अब भारतको अर्थतन्त्रमा तीव्र वृद्धि हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

    अब भारतको अर्थतन्त्रमा तीव्र वृद्धि हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 552
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको तेस्रो कार्यकालमा भारतीय अर्थतन्त्रमा तीव्र वृद्धि देख्ने दाबी गरेका छन् ।

    बुधबार भारत मण्डपको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो दाबी गरेका हुन् ।



    प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालमा विश्वको तीन ठुला अर्थ व्यवस्थाहरूमा भारतको नाम हुने बताए ।



    प्रधानमन्त्री मोदीले भने,’म देशवासीहरूलाई विश्वास दिलाउन चाहन्छु कि सन् २०२४ पछि हाम्रो तेस्रो कार्यकाल देशको विकास यात्रातर्फ तीव्र रूपमा अघि बढ्नेछ ।’

    प्रधानमन्त्री मोदीले भारत लोकतन्त्रको जननी भएको बताए । मोदीले नयाँ दिल्लीमा विश्वकै सबैभन्दा ठुलो सङ्ग्रहालय ‘युगे युगीन भारत’ को निर्माणको घोषणा पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार