Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन

    भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारणस्थिति अनिवार्य घोषणा गर्न आदेश दिएको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीहरूका अनुसार गहुँको भण्डारण स्थिति साप्ताहिक आधारमा घोषणा गर्नु पर्नेछ ।

    सरकारले यस मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रबार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो ।



    घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन गरी भण्डारण अनैतिकता रोक्ने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश जारी गरिसकेको छ ।



    घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रबार गहुँ र चामलको भण्डारण खुलासा गर्न सुरु गर्नु पर्नेछ ।

    आगामी दिनमा सबै कानूनीरूपमा दर्ता भएका संस्थाहरूले गहुँ र चामलको भण्डारण नियमितरूपमा घोषणा गर्नुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।

    सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्य नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न गहुँ र चामलको भण्डारण स्थितिमा निगरानी गरेको जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार