Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतद्वारा दुई बर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान खुला, काठमाडौंका उडानहरु बढ्ने

    भारतद्वारा दुई बर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान खुला, काठमाडौंका उडानहरु बढ्ने

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । छिमेकी मुलुक भारतले दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । यसअघि कोरोना भाइरस संक्रमणका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

    ‘एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरुबाट समिति संख्याका उडानहरुको अनुमति मात्रै दिइएको थियो । आगामी २७ मार्चबाट लागू हुनेगरी भारतबाट विदेश जान र आउनका लागि पूर्ववतः उडानको अनुमति दिने निर्णय भारत सरकारले गरेको हो ।



    एयर बबल अन्तर्गत भारतको विभिन्न ३५ वटा देशसँग तोकिएको निश्चित संख्यामा उडान हुँदै आएको छ । भारतले कोराना पहिलेकै अवस्थाको उडानलाई नियमति गर्ने भएपछि काठमाडौंका लागि उडानहरु बढ्ने छ ।



    यसअघि कोरोनाकालमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडानको अनुमति पाएको थियो । तर कोरोनाका संक्रमण कम भएसँगै गत फेब्रुअरी १६ बाट भिस्तारा र इन्डिगोले पनि एयर बबल सम्झौता अन्तर्गतै काठमाडौं उडान थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार