Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिकूल मौसम : हवाई उडान अवतरण प्रभावित, चार विमान ‘डाइभर्ट’

    प्रतिकूल मौसम : हवाई उडान अवतरण प्रभावित, चार विमान ‘डाइभर्ट’

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौँ उपत्यकामा प्रतिकूल मौसमका कारण आन्तरिक उडान-अवतरण प्रभावित भएका छन् ।

    ‘अचानक’ मौसममा आएको परिवर्तनका कारण शनिबार बेलुका विमान उडान–अवतरण प्रभावितको हो । प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।



    झापाको भद्रपुरबाट आएको बुद्ध एयरको विमान विराटनगर डाइभर्ट भएको छ भने बुद्ध एयरकै सिमराबाट आएको विमान सिमरा नै र भैरहवाबाट आएको विमान भैरहवा नै डाइभर्ट भएको छ ।



    यस्तै जनकपुरबाट आएको यती एयरलाइन्सको विमान जनकपुर नै डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार