Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक सबै अन्तर्राष्ट्रिय उडान रद्द

    रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक सबै अन्तर्राष्ट्रिय उडान रद्द

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । रुसको राष्ट्रिय विमान सेवा एरोफ्लटले लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने भएको छ ।

    उक्त विमान सेवाका अनुसार ८ मार्चदेखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्न लागेको हो। तर, आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन।



    एरोफ्लटले आफ्नो सेवा अवरुद्ध गर्नुलाई ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ। युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाउँदा त्यसले उपलब्ध अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ।



    रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रुसको उड्डयन क्षेत्रमाथि समेत लक्षित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार