Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘भारत–नेपाल विकास सहकार्य’: सोलुखुम्बुमा खानेपानी आपूर्ति परियोजना सम्पन्न

    ‘भारत–नेपाल विकास सहकार्य’: सोलुखुम्बुमा खानेपानी आपूर्ति परियोजना सम्पन्न

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित खुमजुङ र कुण्डेगाउँमा निर्माण गरिएको खानेपानी परियोजनाको उद्घाटन सम्पन्न भएको छ।

    सोमबार परियोजनाको राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले संयुक्त रुपमा उद्घाटन गरे । सो उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अधिकारी लगायत स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो ।



    दूतावासका अनुसार उक्त योजना योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।



    ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको दूतावासले जानकारी दिएको छ ।

    यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेष गरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्ने अपेक्षा लिइएको छ ।

    सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार