Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालको पूर्वाधार विकासका लागि भारतको सहयोग, सरकारले दियो धन्यवाद

    नेपालको पूर्वाधार विकासका लागि भारतको सहयोग, सरकारले दियो धन्यवाद

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाल सरकारले नेपालको पूर्वाधार विकासका लागि निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिएको छ।

    मकवानपुरको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न बसेको परियोजना अनुगमन समितिको बैठकमा नेपालले भारतलाई धन्यवाद दिएको हो।



    काठमाडौँमा बसेको उक्त बैठकमा भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयासप्रति खुशी व्यक्त गरेको थियो।



    बैठकमा भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमल प्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो।

    परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे बैठकमा समिक्षा भएको भारतीय दूतावासले जनाएको छ । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार