Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देउवाका साला र भौतिक सचिवको मिलेमतोमा १० जना डीईको सरुवा , आर्थिक चलखेलमा कनिष्टहरुलाई आकर्षक ठाउँ !

    देउवाका साला र भौतिक सचिवको मिलेमतोमा १० जना डीईको सरुवा , आर्थिक चलखेलमा कनिष्टहरुलाई आकर्षक ठाउँ !

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 4.4K
    SHARES

    काठमाडौं । नयाँ मन्त्री आउनु अघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा आतंक मच्चिएको छ। मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र प्रधानमन्त्री शेरवहादुर देउवाका साला  भूषण राणामाथि  ठुलो आर्थिक चलखेल गरी  मन्त्री आउनुअघि नै डिभिजन र आयोजना प्रमुखहरुको सरुवा गरेगरेको आरोप लागेको छ ।

    सचिव श्रेष्ठले प्रधानमन्त्री कार्यालयबाट सूची आएको भन्दै मंगलबार बरिष्ठता र कार्यक्षमता भन्दा पनि आर्थिक लेनदेनका आधारमा १० उपसचिव(डीई)हरुको सरुवा गरेका छन् । सरुवामा बरिष्ठ डीईहरुलाई करिडोरमा राखी कनिष्टहरुलाई आकर्षक आयोजनामा पठाइएको छ ।



    काठमाडौं सडक डिभिजनको प्रमुखका लागि बरिष्ठ र क्षमतावान डीई गुरु अधिकारी लागेका थिए। तर, सडकमा सधैं  बदनाम पात्रका रुपमा नारायण निउरेले राणा र श्रेष्ठलाई खुशी बनाएपछि काठमाडौं सडक डिभिजनको प्रमुखको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।



    उनी मध्यपहाडी लोकमार्ग काभ्रेको योजना प्रमुख थिए ।  यसअघि मध्यपहाडी धुलिखेल, दैलेख सडक डिभिजनमा पनि काम गरिसकेका छन्।
    त्यस्तै राणाकै सिफारिसमा सडकमा सधैं आकर्षक कार्यालयमा बसेर अकुत कमाएका मेघराज मरासिनीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतबाट धुलिखेल सरुवा गरिएको स्रोत वताउँछ ।

    त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख डीई नारायणदत्त भण्डारीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतमा पुर्याइएको छ भने अर्का डीई अंगलाल रोकायलाई योजना पुल योजनाबाट सडक विभाग अन्तर्गत काज सरुवा लगिएको छ ।

    डीई केदारप्रसाद नेपाललाई भौतिक मन्त्रालयबाट पुल योजना मध्य क्षेत्र नम्बर २ मा पठाइएको छ । भौतिक मन्त्रालयका डीई किरण कार्कीलाई भौतिक मन्त्रालयबाट नारायणगढ–मुग्लिङ सडक आयोजनामा लगिएको छ । नारायणगढ–मुग्लिङ सडकका अमृतमणि रिमाललाई सडक विभागको पुलमा थन्काइएको छ ।

    कान्ति राजमार्ग सडक आयोजनाका ज्ञानेन्द्रकुमार झा भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपालीलाई काठमाडौं चक्रपथ सडक विस्तार आयोजनामा पठाइएको छ ।

    ललितपुर डिभिजनका अर्जुन सुवाललाई एक बर्ष नपुगी चक्रपथ सडक विस्तार योजनाबाट सडक विभाग पुलमा लगिएको छ । मध्यपहाडी लोकमार्ग काभ्रेका योजना प्रमुख नारायण निउरेलाई काठमाडौं डिभिजन प्रमुखमा ल्याइएको छ ।

    सडकका सरुवा बरिष्ठता र कार्यक्षमतालाई आधार नमानी अपारदर्शी तरिकाले गरेको बारेमा सचिव रविन्द्रनाथ श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। सचिव श्रेष्ठले गरेको सरुवा प्रकरण अर्का बिचौलिता रविन श्रेष्ठपनि मुछिएका छन्।  भौतिक मन्त्रीको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई सरुवामा गुमराहमा राखिएको पनि मन्त्रालयला चर्चा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार