Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पूर्वयुवराज पारस शाहको क्यामरा र आइप्याड चोरी गरेको आरोपमा कामदार पक्राउ

    पूर्वयुवराज पारस शाहको क्यामरा र आइप्याड चोरी गरेको आरोपमा कामदार पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्वयुवराज पारस शाहको निवासमा भएको चोरीको आरोपमा त्यहाँ काम गर्ने कामदारलाई पक्राउ गरेको छ ।

    प्रहरीले पोखराको लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरमा काम गर्ने कामदार शिव गौतमलाई पक्राउ गरेको हो ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार गौतमलाई प्रहरीले काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको हो। पक्राउ परेका गौतमलाई अहिले महाराजगन्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।



    पक्राउपश्चात गौतमले पूर्वयुवराजलाई चोरेको सामान फिर्ता गरेको एसपी बस्नेतले जानकारी दिए। उनका अनुसार केही दिनअघि शाहको निवासबाट क्यामरा २ थान, आइप्याड २ थान, दुरविन र नोकिया सेट चोरी भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार