Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पारसकी कान्छी छोरीले लिइन् हिमानीको नामबाट नागरिकता

    पारसकी कान्छी छोरीले लिइन् हिमानीको नामबाट नागरिकता

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार कृतिकाले वंशजको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी हुन्।



    सीडीओ रिजालका अनुसार कृतिकाको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन् ।



    यद्यपि छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन् । यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि हिमानीले नै सनाखत गरेकी थिइन्।

    नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार