Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पूर्व युवराज्ञी हिमानीले गरिन् दुई मन्दिरमा विशेष पूजा

    पूर्व युवराज्ञी हिमानीले गरिन् दुई मन्दिरमा विशेष पूजा

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 639
    SHARES

    बनेपा । पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गरेको छ ।

    हिमानीले शनिबार बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी भगवती र पनौती नगरपालिका –५ धनेश्वरमा रहेको धनेश्वर महादेवको विशेष पूजा अर्चना गरेकी हुन् ।



    विशेष पूजा अर्चनाका लागि काभ्रेपलाञ्चोक आउनुभएकी पूर्व युवराज्ञी शाहलाई उहाँका समर्थकले भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भन्ज्याङबाट मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका थिए ।



    बिहान करिब साढे १० बजे जिल्ला आएकी हिमानीले करिब आधा घण्टा धनेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार