Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाहपछि हिमानीमाथि पनि खनिए कमल थापा

    पूर्वराजा ज्ञानेन्द्र शाहपछि हिमानीमाथि पनि खनिए कमल थापा

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् ।

    हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन् ।



    महाधिवेशनको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइतबार बिहान आएसँगै थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको भन्दै आक्रोश व्यक्त गरे ।



    तर, यसको केही घण्टापछि निवर्तमान अध्यक्ष थापा ज्ञानेन्द्रकी छोराबुहारी तथा हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार हिमानीले राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै अवसरबाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल भएको बताएकी थिइन्।

    लिङ्देनको जितलाई मुलुकले राष्ट्रवादी नेता पाएको उल्लेख गरेपछि निर्वतमान अध्यक्ष थापाले पनि ट्वीटरबाटै हिमानीलाई मेन्सन गर्दै अब चाँडै राजसंस्था पुनर्स्थापित हुने हुँदा हिमानी शाहलाई हार्दिक बधाई तथा शुभकामना भनेर जवाफ दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार