Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सासु–ससुराको उपस्थितिमा यसरी मनाइन् हिमानीले जन्मदिन, देखिएनन् पारस (तस्वीरहरु)

    सासु–ससुराको उपस्थितिमा यसरी मनाइन् हिमानीले जन्मदिन, देखिएनन् पारस (तस्वीरहरु)

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । समाजसेवा मार्फत जनताको मनमा महारानीको छवि बनाएकि पूर्वयुवराज्ञी हिमानी शाह हिजोबाट ४६ वर्षमा लागेकी हुन्। जन्मदिनकै दिन पनि सामाजिक काममा तल्लीन हिमानेले आफ्नो ससुरा पूर्वराजा ज्ञानेन्द्र शाह, सासु पूर्वरानी कोमल र छोराका साथ जन्मदिन मनाएकी छिन्।

    उनले शनिबार आफ्नो जन्मदिन मनाइरहेको तस्वीरहरु सार्वजनिक गरेकी छिन्। उनले शेयर गरेको तस्वीरहरुमा पूर्वयुवराज पारस शाह भने देखिएका छैनन्। समाजसेवाबाट राम्रो छवि बनाएकी उनलाई सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको थियो।



    सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो। शाहका एक छोरा र दुई छोरी छन्। हिमानी शाहको चर्चा उनको सुन्दरताको कारण पनि हुने गर्दछ। पूर्व राजपरिवारको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा व्यस्त छिन्।



    पूर्व युवराज पारस शाहसँग उनको वैवाहिक सम्बन्ध त्यति सुमधुर रहेको पाइएको छैन। उनको र पारसको सम्बन्धका चिसो आएको समाचार विभिन्न समयमा मिडियामा आइरहन्छन्। तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्वीरहरु सार्वजनिक हुने गर्दछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार