Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पूर्वराजपरिवार र सेलिब्रेटीको जमघट, हिमानी ट्रस्टको कार्यक्रममा पारस पनि गए

    पूर्वराजपरिवार र सेलिब्रेटीको जमघट, हिमानी ट्रस्टको कार्यक्रममा पारस पनि गए

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 4.4K
    SHARES

    काठमाडौं । ‘हिमानी ट्रस्ट’ ले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको चियापन कार्यक्रममा पूर्वराजपरिवा र सेलिब्रेटीहरुको जमघट भएको छ।

    पूर्वयुवराज्ञी हिमानी शाहले सन्चालन गरेको सो ट्रस्टले निरन्तर सामाजिक काम गरिरहेको छ।



    दसैं, तिहार र छठको उपलक्ष्यमा कोषले कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि बोलाएको थियो।



    कार्यक्रमा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह उपस्थित भएका थिए भने पूर्वरानी कोमल थिइनन्।

    सो कार्यक्रममा पूर्वयुवराज पारस शाह पनि गएका थिए। हिमानीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन्।

    त्यहाँ पारस र ज्ञानेन्द्रबीच केहीबेर कुराकानी पनि भयो।

    तर हिमानी र पारसबीच भने कुनै संवाद भएन।

    कार्यक्रममा कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल लगायत उपस्थित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार