Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा ८५ बर्षीय बृद्धको मृत्यु

    भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा ८५ बर्षीय बृद्धको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    जुम्ला । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ ।

    सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार आइतबार भालुको आक्रमणबाट उनको मृत्यु भएको हो । लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा भालुले आक्रमण गरेको उनले बताए।



    भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए ।



    ज्येष्ठ नागरिक लामालाई गुठिचौरबाट दिउँसो करिब ४ः३० बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भालुले आक्रमण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार