Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस बर्ष सांसदहरुलाई हुने भयो ‘खल्लो’ दशैं, देउवाको निर्यणले ६४ हजारमै खुम्चिन बाध्य !

    यस बर्ष सांसदहरुलाई हुने भयो ‘खल्लो’ दशैं, देउवाको निर्यणले ६४ हजारमै खुम्चिन बाध्य !

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संघीय संसदमा सांसदहरूले यस बर्षको दशैं-भत्ता नपाउने भएका छन् । संसद सचिवालयले दसैं खर्चबिना नै असोज महिनाको तलब उनीहरुको खातामा हालिदिएपछि यस बर्ष दशैं भत्ता नपाउने भएका हुन्।

    यसअघिको बर्षमा भने सचिवालयले तलब भत्तासँगै चाडवाड खर्च सांसदहरूको खातामा हालिदिएको थियो । तर त्यतिबेला कोरोना महामारीलाई कारण देखाउँदै सांसद र दलहरूले दशैं भत्ता फिर्ता गरेका थिए ।



    सचिवालयका अनुसार मन्त्रिपरिषदले निर्णय नगरेका कारण यस बर्ष भत्ता कटौती गरिएको हो । यदी निर्णय गरेको भए सांसदहरूले तलब सुविधा गरेर (१ लाख ३० हजार) ६४ हजार ७० रूपैयाँ दरले चाडबाड खर्च पाउने थिए ।



    संघीय संसदको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसदको तलब सुविधाको व्यवस्था गरिएको छ। त्यसको निकासीको लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार