Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाइदिने भन्दै लाखौं ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ

    डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाइदिने भन्दै लाखौं ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मोरङ जिल्ला बिराटनगर म.न.पा. १३ घर भइ हाल काठमाडौँ मध्यबानेश्वर बस्ने ४१ बर्षीय मणि निरौला रहेका छन्। निरौलालाई महाशाखाको टोलीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।



    महाशाखाका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाका अनुसार निरौलाले आफूलाई  Queensland Education Foundation Pvt. Ltd. को सञ्चालक हुँ भन्दै म्याग्दीका सुजन खत्रीलाई ठगी गरेका थिए।



    खत्रीका अनुसार अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिने र त्यसको लागि बाह्र लाख रुपैयाँ लाग्छ भन्दै रकम लिएका निरौला त्यसको केही समयपछि सम्पर्कबिहीन रहेका थिए।

    यसबारे थप अनुसन्धान गर्न उनलाई महानगरीय प्रहरी वृत सिंहदरबार पठाएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार