Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मिनेन्द्र रिजाल रक्षा मन्त्री

    मिनेन्द्र रिजाल रक्षा मन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल  रक्षा मन्त्री बन्ने भएका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । देउवाले पठाएको नामावलीमा रक्षा मन्त्रालयको जिम्मेवारी मिनेन्द्र रिजाललाई दिइएको स्रोतको भनाइ छ।



    यस्तै, देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।



    स्रोतका अनुसार कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, परराष्ट्रमा नारायण खड्का, सञ्चार, सूचना तथा प्रविधिमा ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिलामा दिलेन्द्र बडु, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा उमा रेग्मी छन।

    यसैगरी खानेपानी मन्त्रालयको जिम्मेवारी उमाकान्त चौधरीले पाउँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गजेन्द्र हमाललाई नियुक्त गरिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार