Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस महामन्त्री थापालाई मिनेन्द्रको सुझाव – संसदीय दलको नेतामा धेरै मन नडुलाऔं !

    कांग्रेस महामन्त्री थापालाई मिनेन्द्रको सुझाव – संसदीय दलको नेतामा धेरै मन नडुलाऔं !

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 528
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा धेरै मन नडुलाउन आग्रह गरेका छन् ।

    आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता रिजालले महामन्त्री थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका हुन् ।



    नेता रिजालले भने, ‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं भनेर । कहाँनेर इन्ट्रेस्ट मिलेन भने, खोज्दै जाँदाखेरि संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’



    नेता रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्नेमा नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए ।

    ६ पुस २०७९ मा भएको संसदीय दलको चुुनामा सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई पराजित गरेका थिए ।

    पछिल्ला केही सार्वजनिक अभिव्यक्तिमा थापाले आफू संसदीय दलको नेता बदल्न अझै लाग्ने र शक्ति पुगेको दिन बदल्ने बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार