Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सांसद रिजाल भन्छन् – नेपालमा जम्मेकाले नेपाली नागरिकता पाउनु पर्छ

    सांसद रिजाल भन्छन् – नेपालमा जम्मेकाले नेपाली नागरिकता पाउनु पर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने माग गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् ।



    उनले ‘एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने, अर्को अनुहारका मानिसहरूलाई मधेसी होइन विदेशी हो’ भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने दाबी गरे ।



    ‘कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार छैन । यहाँ बस्ने सांसद होउला, जनताका प्रतिनिधि होउला,’ उनले भने, ‘तर, नेपालमा जन्मेको, नेपालमा नागरिकता पाउने अधिकार भएको कुनै पनि व्यक्तिलाई नागरिकताबाट बन्चित गर्ने अधिकार छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार