Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देउवा रिसाउनुभयो भने प्रचण्डजी बालकोट दौडिनुपर्छ : मिनेन्द्र रिजाल

    देउवा रिसाउनुभयो भने प्रचण्डजी बालकोट दौडिनुपर्छ : मिनेन्द्र रिजाल

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 951
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारमा हुनेहरुलाई सत्ता कसरी टिकाउने भन्दा बाहेकको चिन्ता नभएको टिप्पणी गरेका छन्।

    ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।



    नेता रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताए। उनले विकास सम्भव नभएकाले झूटो कुरा गर्न नहुने तर्क गरे ।



    उनले भने, ‘प्रचण्डजीलाई मेरो पार्टीको सभापति शेरबहादुर देउवा रिसाउनुभएको भने उहाँको सत्ता धरापमा पर्छ । सीधै बालकोट दौडिनुपर्छ । उहाँले हुन्न भन्नुभयो भने के गर्ने बाटकोटमा ? चिन्ता त्योबाहेक केही छैन । हामी त झन् सरकारमा अन्तिम पालो कुरेर बसेका हौं । अहिले मात्रै होइन घनश्यामजीको माधवजीले धोखा दिनुभयो भने पनि हाम्रो त गोलमाल हुन्छ । अनि चिन्ता केको गर्ने ? कहाँको विकासको चिन्ता गर्ने ? सम्भव छैन झूटा कुरा नगरौं, आफ्नो सत्ताको टुंगो छैन । आज बेलुका सुत्दा भोलि बिहान उठ्दा रहन्छ कि रहँदैन टुंगो छैन ।’

    उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे ।

    उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको बताए ।

    उनले कांग्रेस अन्तिममा सत्ता कुरेर बसेको भन्दै माधव नेपालले धोखा दिए पनि गोलमाल हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार