Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारले पूर्वाधार, भन्सार, सडक मर्मत कर पेट्रोलियम पदार्थमा लगाएको छ : मिनेन्द्र रिजाल

    सरकारले पूर्वाधार, भन्सार, सडक मर्मत कर पेट्रोलियम पदार्थमा लगाएको छ : मिनेन्द्र रिजाल

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली काँग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलियम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् ।



    ‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहियो, फ्यूलमै कर लगाएको छ ।



    पूर्वाधार, भन्सार, सडक मर्मतजस्ता कर पेट्रोलियम पदार्थमा लगाइएको छ,’ उनले भने, ‘मूल्यवृद्धिको गम्भीर रोग यो नै हो । रोग एकतिर छ, गम्भीर रोग छ । अहिले महँगी सिरियस रोग हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार