Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आर्यनको मुश्किल बढ्यो शाहरुखको तनाव : जमानत याचिका खारेज, आजै जेल पठाइयो

    आर्यनको मुश्किल बढ्यो शाहरुखको तनाव : जमानत याचिका खारेज, आजै जेल पठाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिका खारेज भएको छ। यससँगै आर्गन अब जेल बस्नुपर्ने भएको छ।

    मुम्बईको महानगरीय मजिस्ट्रेट अदालतले आर्यन खान, अरबाज खान, मुनमुन धमेचालाई जमानत याचिका खारेज गरेको हो। उनीहरुले जमानत याचिकामा शुक्रबार सुनुवाई भएको थियो। यसैबीच एनसीबीले आर्यनसहित ६ जना पुरुष अभियुक्तलाई आर्थर रोड जेल र दुई महिला अभियुक्तलाई भायखला जेल पठाएको छ।



    क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका आर्यनसहितका अभियुक्तहरुलाई बिहीबार नै १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिइएको थियो। एनसीबीले अभियुक्तहरुलाई आफ्नै कस्टडीमा राख्न अनुमति मागेपनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार