Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मन्त्री बनाउन नसकेकोप्रति दुःख ब्यक्त गर्दै प्रधानमन्त्रीले भने–उचित भूमिका दिन्छु

    मन्त्री बनाउन नसकेकोप्रति दुःख ब्यक्त गर्दै प्रधानमन्त्रीले भने–उचित भूमिका दिन्छु

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दुस्ख लागेको बताएका छन् । प्रधानमन्त्री देउवाले गठबन्धनमा सबैलाई भागबण्डा मिलाउँदा पार्टीका क्षमतावान र योग्य साथीहरुलाई मन्त्री बनाउन नसकिएको बताए ।

    स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले भने–‘शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाएको छ, पार्टीका योग्य र क्षमतावान साथीहरुलाई न्याय गर्न नसकेकोमा म दुःखी छु । यो गठबन्धनको सरकार हो, बुझ्नुहुन्छ सबैले ।’



    प्रधानमन्त्री देउवाले अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत आश्वासन दिएका छन् । प्रधानमन्त्रीले वीपी कोइराला शताब्दी सन्देश पुस्तक प्रकाशन गरेकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई धन्यवाद दिए ।



    नेविसंघका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता महरले सो कार्यक्रमको संयोजन गरेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार