Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानन्यायाधीशका जेठानलाई मन्त्रीपछि सम्धीलाई भारतको राजदूत बनाउने तयारी

    प्रधानन्यायाधीशका जेठानलाई मन्त्रीपछि सम्धीलाई भारतको राजदूत बनाउने तयारी

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराका जेठान गैह्रसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएकोप्रति चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका सम्धी डा. तिलक रावललाई भारतको लागि नेपाली राजदूत नियुक्त गर्ने तयारी गरेका छन् ।

    स्रोतका अनुसार पूर्व गभर्नर डा. रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री देउवा सहमत भइसकेका छन् । सरकारले एकैपटक धेरै देशमा राजदूत नियुक्त गर्ने तयारी गरिरहेको छ । यहि बेला आफ्नो सम्धीलाई राजदूत बनाउन प्रधानन्यायाधीश सक्रिय भएका हुन् ।



    प्रधानमन्त्री देउवाले पार्टीमा कांग्रेसकै कोटाबाट रावललाई राजदूत बनाउन लागिएको बताए पनि त्यसमा सत्यता नभएको कांग्रेसका केन्द्रीय सदस्यहरु दावी गर्छन । कांंग्रेस केन्द्रीय सदस्य गगन थापाले त ट्वीट गरेर कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको भन्दै प्रश्न गरेका छन् ।



    प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री बनाएको गुण तिर्न देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा डा. रावललाई राजदूत बनाउन लागेका हुन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ।

    सरकार विस्तार हुन पहिले नै प्रधानन्यायाधीले दुई वटा मन्त्री पद मागेको कुरा बाहिर आएको थियो । यद्यपी उनले त्यसमा सत्यता नभएको भन्दै प्रतिक्रियाहरु दिंदै आएका छन् । तर, अहिले आएर उनले देउवालाई प्रधानमन्त्री बनाईदिएबापत कोटा मागेको पुष्टि हुन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार