Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • सिरहाबाट लागूऔषधसहित तीन जना पक्राउ

    सिरहाबाट लागूऔषधसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.8K
    SHARES

    रामनारायण यादव / सिरहा । प्रहरीले सिरहाबाट लागुऔषधसहित तीन जनालाई पक्राउ परेका छन् । सिरहाको सिरहा नगरपालिका वडा नम्वर १५ बुधौरा दशगजा क्षेत्रका लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नम्वर २१ लकडीगोठ बस्ने १९ वर्षीय वर्षीय मिलेश कर्ण, २६ वर्षीय बंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ९ बस्ने निकित कुमारको साथबाट लागूऔषध नेट्राभेन ३ सय टयाक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।



    तीन जना सवार बीआर ३२एजी५५११ नम्वर को भारतीय मोटरसाइकलमा सवार भई आईरहेको अवस्थमा प्रहरी टोलीले उनीहरुलाई चेक जाँच गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार