Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लागूऔषधसहित सात जना पक्राउ

    लागूऔषधसहित सात जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 858
    SHARES

    काठमाडौं । बारा, कञ्चनपुर र सिरहाबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट करिब २ केजी गाँजासहित सोही नगरपालिका–१२ बस्ने ३० वर्षीय विजय तामाङ समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।



    प्र.३–०३–००१ प २१०५ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।



    कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखाबाट करिब १८ ग्राम ४९ मिलीग्राम खैरो हेरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २४ वर्षीय दिपेन्द्र सिंह बिष्ट समेत २ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    म.१ प ३९७८ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा लुकाई ल्याएको उक्त खैरो हेरोईन सहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

    सिरहाको गोलबजार नगरपालिका–६ स्थित मैनाबती पुल नजिकबाट करिब ७ ग्राम ब्राउन सुगरसहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–१७ बस्ने ३४ वर्षीय महाजन पासमान, ३३ वर्षीय अनिल पासमान र भारत घर भएका ३० वर्षीय अनिल कुमार सिंह रहेका छन् ।

    इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले प्रदेश २–०१–००१ प ७४९७ नम्बरको मोटरसाइकलमा सवार महाजन र बीआर ३२ एम् ९१७४ नम्बरको मोटरसाइकलमा सवार अनिल कुमार र अनिललाई जाँच गर्दा महाजनको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार