Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

    लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.6K
    SHARES

    सर्लाही । प्रहरीले लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्वर ६ बाट प्रहरी चौकी पर्साले लागूऔषध सहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नम्वर १३ बस्ने उमेश कुमार सिंह रहेको सर्लाहीका प्रहरी प्रवक्ता माथव प्रसाद बुढाथोकीले जानकारी दिए ।



    प्रहरीले प्रदेश ३–०२–०११प ७०३२ नम्वरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा उनलाई लागूऔषध सहित पक्राउ गरिएको हो ।



    पक्राउ परेका सिंहबाट चेकजाँचका क्रममा कोल्डबेल १०० बोतल र डायलेक्स–डिसि ५० बोतल लागुऔषध बरामद गरिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार