Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ताइवानको ४० वर्ष पुरानो १३ तले भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४१ घाइते

    ताइवानको ४० वर्ष पुरानो १३ तले भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४१ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २८ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । ताइवानको दक्षिणी क्षेत्रस्थित करिब ४० वर्ष पुरानो एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

    साथै ४१ जना घाइते भएका छन्।



    बिहीबार बिहान ३ बजे ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा अचानक आगलागी भएको हो ।



    प्राप्त समाचारका अनुसार आगलागीपछि घटनास्थलबाट ३२ जनाको शव सीधै शवगृहमा लगिएको थियो ।

    ५५ जना घाइतेलाई अस्पताल लगिएको थियो।

    स्थानीय टेलिभिजनमा देखाइएको उक्त आगलागीको भिडियोमा आगो लागिरहेको दृश्य देखिन्छ ।

    घटनापछि उद्वारका लागि एम्बुलेन्ससहित ठूलो संख्यामा अग्नि नियन्त्रकहरु खटाइएको समाचारहरुले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार