Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वर्षा र बाढीबाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो

    वर्षा र बाढीबाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.9K
    SHARES

    एजेन्सी – भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो ।
    हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो ।

    यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि बर्षा जारी रहेको छ ।



    बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । अधिकारीहरुले आइतबार पनि बर्षा जारी नै रहेको बताएका छन् । बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार