Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जेलभित्रै किन बढाइयो आर्यन खानको सुरक्षा ?

    जेलभित्रै किन बढाइयो आर्यन खानको सुरक्षा ?

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 4.4K
    SHARES

    एजेन्सी – ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान हाल मुम्बईस्थित आर्थर रोडको जेलमा छन्। क्रुज पार्टीका क्रममा नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई पक्राउ गरेको थियो।

    केही समय एनसीबीको हिरासत बसेका आर्यनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो। आर्यनको जमानतको आदेश अक्टोबर २० का लागि तय गरिएको छ।



    समाचारअनुसार जेल अधिकारीहरुले आर्यन खानको सुरक्षा बढाएका छन्। उनलाई विशेष ब्यारेकमा लगिएको छ र जेल अधिकारीहरुले उनीमाथिको निगरानी बढाएका छन्। आर्यनले अहिले लागुऔषध मामलाका अन्य आरोपीहरुसँग कुराकानी र भेटघाट गरेका छैनन्।



    आर्यनले जेलको खाना खान नरुचाएको पनि बताइएको छ। उनलाई घरेलु भोजन खानका लागि प्रतिबन्ध लगाइएको छ। सुरुवाती केही दिन उनले बिष्कुटमात्र खाएका थिए। पिउनका लागि उनीसँग केही बोटल मात्रै मिनरल वाटर बाँकी छ।

    जेलको फोहोर ट्वाइलेट जानुपर्ने बाध्यताले पनि आर्यनले केही खानेकुरा नखाएको बताइएको छ। अधिकारीहरुका अनुसार आर्यनका आमाबुवाले उनलाई क्यान्टिन खर्चका लागि ४५ सय रुपैंयाँको मनी अर्डर पठाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार