Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १६ महिनामा कोभिडबाट १ लाख १५ हजार स्वास्थ्यकर्मीहरुको ज्यान गयो: डब्ल्यूएचओ

    १६ महिनामा कोभिडबाट १ लाख १५ हजार स्वास्थ्यकर्मीहरुको ज्यान गयो: डब्ल्यूएचओ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो ।

    यस्तै, डब्ल्यूएचओले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीहरुको ज्यान गएको बताएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताएको छ ।



    डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस आधनाम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीहरुको तथ्यांक हेर्दा ती देशका करिब पाँच स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेका बताएका छन् ।



    त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मीहरु पहिलो पंक्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई खोप उपलब्ध गराउनुपर्ने बताएका हुन् । अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको बताइएको छ । यस विषयमा विश्वक स्वास्थ्य सगठनले पनि आलोचना गर्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार