Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्थानीय अधिवेशनमा ८ बुँदे परिपत्र जारी गर्दै एमालेले भन्यो- झण्डा र ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्नू

    स्थानीय अधिवेशनमा ८ बुँदे परिपत्र जारी गर्दै एमालेले भन्यो- झण्डा र ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत भोलिदेखि वडा र कात्तिक ९ गते पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको जनाएको छ ।

    शुक्रबार केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले गरेको पत्राचारमा स्थानीय कमिटीहरूको अधिवेशन वडा तहको अधिवेशन ६ कात्तिक र पालिका अधिवेशन ९ कात्तिकमा एकैदिन सम्पन्न गर्नुपर्ने पार्टीको निर्णयलाई स्मरण गराएको छ ।



    विशेष पत्रिपत्रका यी हुन् आठ बुँदा



    १. अधिवेशनहरू संचालन गर्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पालिका र वडामा अधिवेशनको सहजीकरणको लागि जिम्मेवारी तोक्ने

    २. अधिवेशनहरू गर्दा भव्यतापूर्वक सकेसम्म जनसहभागितामा गर्ने

    ३. वडा अधिवेशनहरू गर्दा झण्डा ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्ने

    ४. वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनसंरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने

    ५. नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदी सर्वसम्मत नभएमात्र निर्वाचन विधि अपनाउने । निर्वाचनको लागि पार्टी केन्द्रीय निर्वाचन आयोगले तयार पारेको वडा÷शाखा र पालिका-इलाका निर्वाचनसम्बन्धी सामन्य मार्गदर्शन, २०७८ यसैसाथ जारी गरिएको छ

    ६. वड़ा अधिवेशन सम्पन्न हुनासाथ पदाधिकारीसहित कमिटीको फोन नं. र ईमेलसहित नामावली अद्यावधिक विवरण अविलम्ब जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने

    ७. अधिवेशन उद्घाटन र अधिवेशन समापन भएपछि सञ्चार माध्यम, सामाजिक सञ्जालबाट प्रचार गर्ने

    ८. वडा अधिवेशनको भच्र्युअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार