Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित बुवाआमा पनि पक्राउ

    बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित बुवाआमा पनि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 3.2K
    SHARES

    इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई पक्राउ गरेको छ।

    जिल्लाको इटहरी-२ स्थित हवाई चोकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



    उनीहरूलाई पक्राउ गरेर बालविवाहविरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।



    उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको थियो ।

    चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार