Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ड्रग्स प्रकरण : अभिनेत्री अनन्या पाण्डेलाई निर्माताले फिल्मबाटै निकाले

    ड्रग्स प्रकरण : अभिनेत्री अनन्या पाण्डेलाई निर्माताले फिल्मबाटै निकाले

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 5K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेको केसमा नाम जोडिएपछि अभिनेत्री अनन्या पाण्डे समस्यामा परेकी छिन्।

    मुम्बई क्रुज ड्रग्स प्रकरणमा एनसीबीले उनीसँग सोधपुछ गरेको छ।



    उनलाई दुईपटक सोधपुछ गरिसकिएको छ भने सोमबार पुनः एनसीबीमा हाजिर हुनुपर्नेछ। यो घटनाको असर उनको करियरमा देखिएको छ।



    यो केसमा जोडिएर नाम आएपछि उनलाई दक्षिण भारतीय सुपरस्टार थलपति विजयको फिल्मबाट निर्माताले निकालेका छन्।

    विजय चाँडै नै फिल्म ‘थलपति ६६’मा देखिँदैछन्।

    यो फिल्मलाई वामशी पेडिपल्लीले निर्देशन गरिरहेका छन्। यो फिल्मको छायांकन आगामी वर्षबाट सुरु हुँदैछ। यो फिल्ममा अभिनेत्रीको रुपमा अनन्या छानिएकी थिइन्। यो फिल्म हिन्दी भाषामा पनि डब हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार